सेनिटाइजरको अधिक प्रयोग खतरनाक

काठमाडौँ, ९ फागुन । कोरोना महामारी  (कोभिड–१९)ले  ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ ।

छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्, “कोरोना सङ्क्रमण  मात्र  नभएर  विभिन्न सरुवा   रोगबाट   बच्न   ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्छ ।” 

हात धुन सम्भव भएको ठाउँमा सेनिटाइजरको  प्रयोग  गर्नु  गलत बानी भएको बताउँदै उनले विभिन्न रसायन  र  अल्कोहल  प्रयोग  गरेर तयार गरिने सेनिटाइजरले कतिपय अव‚थामा हानि गर्ने बताइन् । डा.  अमात्यले  सेनिटाइजरको काम  फोहोर  हातलाई  सफा  गर्नु मात्र नभएको प्रस्ट पार्दै भनिन्, “हात फोहोर भएको बेला सेनिटाइजर होइन, साबुनपानीको प्रयोग गर्नुपर्छ । सेनिटाइजर  प्रयोग गरिएको २० सेकेन्डपछि   मात्र कीटाणु मर्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताएका छन् ।  आज

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष