न्युजिल्यान्डका सबै स्कुलमा निःशुल्क स्यानिटरी उत्पादन गर्दै

बीबीसी, ७ फागुन । न्युजिल्यान्डमा आगामी जुन महिनादेखि सबै स्कुलले महिनावारीका सामग्रीको पहुँच नभएकाहरूलाई मद्दत स्वरुप निःशुल्क स्यानिटरी उत्पादन प्रदान गरिने भएको छ ।

कतिपय छात्राले स्यानिटरी उत्पादन खरिद गर्न नसक्ने हुँदा तिनको पढाइमा प्रभाव पर्नेबारे सम्बन्धित निकायहरूले चिन्ता जनाउँदै आएका थिए । न्युजिल्यान्डमा गत वर्ष नै १५ भन्दा बढी स्कुलमा यो कार्यक्रम सञ्चालन गरिसकिएको छ ।
 
प्रधानमन्त्री ज्याकिन्डा एडर्नले यसबारे भनेकी छन्, “दुनियाँको आधाभन्दा बढी जनसङ्ख्याको दैनिक जीवनको सामान्य हिस्साकै कारण कुनै पनि विद्यार्थीले पढाइ छाड्नु नपरोस् ।” उनका अनुसार न्युजिल्यान्डमा १२ मध्ये एक बालबालिकाले गरिबीका कारण महिनावारीका बेला आवश्यक सामग्री किन्न नसक्दा पढाइ छुटाइरहेका छन् । यस्तोमा निःशुल्क सबै सामग्री उपलब्ध गराउनु नै गरिबी हटाउने र विद्यालयमा उपस्थिति बढाउने अनि बालबालिकाको सुस्वास्थ्यमा सकारात्मक प्रभाव पार्न एक मात्र विकल्प भएको एडर्नले बताइन् । 

यो नीति अहिलेदेखि २०२४ सम्म लागु गराउन न्युजिल्यान्डलाई १ करोड ८० लाख डलर खर्च लाग्ने बताइएको छ । गत नोभेम्बर स्कटल्यान्ड, सार्वजानिक स्थलसहित देशैभरि आवश्यक पर्ने जोकोहीलाई निःशुल्क स्यानिटरीका उत्पादन प्रदान गर्ने विश्वकै पहिलो देश बनेको थियो । त्यस्तै इङ्ल्यान्डमा पनि अघिल्लो वर्षदेखि प्रारम्भिक र माध्यमिक तहका विद्यार्थीलाई महिनावारीमा आवश्यक सामान निःशुल्क प्रदान गर्न सुरु गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित