बाँझोपनाको डरले खोप नै लगाएनन्

काठमाडौँ, ४ फागुन । कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन् । परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्। यसको सट्टा गर्भवतीले कोभिड १९ बिरुद्धको खोप लगाउन पाउँदैनन् ।

कुनै महिलाले पहिलो डोज खोप लिएका दोस्रो डोज लिनु अघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बंचित हुने हुनाले नलागउन सुझाएको हो। ‘ बिकसित देशमा बच्चा जन्माउने योजना हुन्छ, नेपालमा त्यो नहुने हुनाले सन्तान जन्माइहाल्ने दम्पत्तिको हकमा यस्तो सन्देश दिएको हो,’ डा. पोखरेलले भने ।

कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उपे्रतीका अनुसार यो खोप गर्भवती, सुत्केरी र १८ वर्ष मुनिकाहरूको लागि कति सुरक्षित छ भन्ने विषयमा अध्ययन नभइसकेकोले गर्भवतीले नलाउनु भनिएको हो। ‘ प्रजनन प्रक्रियासँग यो खोपको कुनै सम्बन्ध छैन, गर्भवतीले नलागाउनु भनेको गर्भवतीमा कति सुरक्षित छ भनेर अध्ययन नभइसकेकोले हो,’ उनले भने ।

खोपबारे फैलिएको भ्रम तथा अन्य कारणले दुई चरणमा चलेको खोप अभियानमा लक्षित संख्या भन्दा २० प्रतिशत कमले खोप लिएको महाशाखाको भनाइ छ । सरकारले दुई चरणमा गरी ४ लाख ८५ हजारलाई खोप दिने लक्ष्य लिएकोमा दोप अभियानमा जम्मा २ लाखले मात्र खोप लिएका छन् ।  आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित