नेप्से परिसूचक ३३ अंकले घट्यो

काठमाडौँ, २ फागुन । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९्३१ प्रतिशतले ओरालो लागेकोको छ । केहि दिन अघि लगातार १० अर्ब नाघेको कारोबार रकम आइतबार ७ अर्ब पनि पुग्न सकेन । आज दिनभर भएका भएका ५८ हजार ३ सय ९ कारोबारबाट २०२ कम्पनीका १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ भन्दा बढी भएको छ ।

आइतबार धेरै गुमाउनेमा लघुवित्त कम्पनीहरु धेरै देखिएका छन् । यो समूहको सब इन्डेक् १ दशमलव ८३ अंकले ओरालो लागेको छ । धेरै गुमाउनेको पहिलो नम्बरमा सपोर्ट माइक्रोफाइनान्स देखिएको छ । जसको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ । दोस्रोमा स्वाभिमान लघुवित्तको सेयर मूल्य धेरै घटेको छ ।

धेरै कमाउनेहरुमा भने आइतबारबाट मात्रै कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक देखिएको छ । कारोबार शुरु भएकै दिन निफ्राको सेयर मूल्य १० प्रतिशतले बढेर ३ सय ७४ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)