हिमालय एअरलाइन्सले ल्हासामा परीक्षण उडान गर्दै

काठमाडौँ, ६ माघ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एअरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान सुरु गरेको छ ।

चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासामा मङ्गलबार भएको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा तालिकावद्ध उडानहरू सुरु गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको एअरलाइन्सले जनाएको छ । 

मङ्गलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हिमालय एअरलाइन्सको जहाज ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको छ ।  एअरलाइन्सका सञ्चालक उपाध्यक्ष क्याप्टेन हाओ दीले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन्  ।  

सन् २०१४ अगस्टमा एउटा विमान र एउटा गन्तव्यबाट सञ्चालन सुरु गरेको एअरलाइन्सले आफ्नो स्वामित्वमा चार वटा जहाजमार्फत सात वटा गन्तव्यमा उडान भर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, १९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडटर्म (मध्यावधि) चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन् ।

एजेन्सी, १९ कार्तिक । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाइएको पारवहन प्रतिबन्धबाट छुट दिएको छ । यी

एजेन्सी, १८ कार्तिक । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु