एचआइभी एड्सबाट १६ वर्षीय किशोरीको मृत्यु

सप्तरी, ५ माघ । राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । 

राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए ।

एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । नौ वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताए ।

उनका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ  । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा