कोरोना खोपको लागि ‘ड्राई रन’को तयारी

काठमाडौँ, ५ माघ । कोभिड–१९ विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप वितरणको रोडम्यापसमेत तयार गरिएको छ । ड्राई रनअन्तरत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले डमी (नमुना) खोप पाउनेछन् । ‘ड्राई रनमा खोप लगाउने तयारीका बारेमा जानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘खोप प्राप्त भएपछि व्यक्तिको पाखुरामा लगाउँदासम्मको कार्यविधि कसरी पूरा हुन्छ भन्ने अभ्यास गर्न ड्राई रनको तयारी भएको छ ।’

ड्राई रनको तयारी गरिनुको अर्थ कोभिड–१९ विरुद्ध खोप लगाउने अभियान सुरु गर्नुभन्दा पहिलेको अवस्था हो । भारतबाट प्राप्त हुने भनिएको कुल २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोपलाई दृष्टिगत गरी ड्राई रनको तयारी थालिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित