तीन लाख जनाको एन्टिजेन परीक्षण हुँदै

काठमाडौँ, २० पौष । सरकारले समुदायमा कोरोनाका सक्रिय संक्रमित पत्ता लगाउन देशभरबाट झन्डै तीन लाख जनाको नमुना संकलन गरी निःशुल्क परीक्षण गर्ने भएको छ । सक्रिय संक्रमितको पहिचान नहुँदा थप संक्रमित बढ्न सक्ने प्रक्षेपण भएपछि सरकारले यो नीति अघि सारेको हो ।

सक्रिय संक्रमितको पहिचानमा ढिलाइ हुँदा पछिल्लो समय कोरोनाकै कारण मृत्यु हुनेको संख्या बढेको सरकारको आकलन छ । मृत्युदर घटाउँदै सक्रिय संक्रमितको पहिचान गरी रोग फैलिनबाट जोगाउन एन्टिजेन परीक्षणलाई व्यापक बनाउन लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

स्थानीय तहसँग सहकार्य गरी २ लाख ९४ हजार जनाको स्वाब निकालेर एन्टिजेन विधिबाट परीक्षण गर्ने योजना ईडीसीडीको छ । परीक्षण गर्न आवश्यक किटको समेत व्यवस्थापन भइसकेको जनाइएको छ । ईडीसीडीका अनुसार प्रदेश १ मा २६ हजार, प्रदेश २ मा ४८ हजार, वाग्मती प्रदेशमा ३२ हजार (काठमाडौं उपत्यकाबाहेक), गण्डकी प्रदेशमा ४६ हजार, लुम्बिनी प्रदेशमा ४६ हजार, कर्णाली प्रदेशमा १० हजार, सुदूरपश्चिम प्रदेशमा २२ हजार जनाको एन्टिजेन परीक्षण गर्न लागिएको हो । काठमाडौं उपत्यकामा सबैभन्दा बढी ६४ हजार जनाको परीक्षण हुनेछ । पीसीआर परीक्षण गर्दा बढी खर्च हुने र नतिजा पनि ढिला आउने भएपछि सरकारले टोलटोलमा गएर कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन लागेको हो  । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित