छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा जान निर्देशन

काठमाडौँ, २४ मंसिर । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो ।

मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाबमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो । मन्त्रालयले सरकारी शिक्षण संस्थामा चिकित्सक छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६ (१) को प्रावधानअनुसार मन्त्रालयसमक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अध्ययन संस्थान महाराजगञ्ज क्याम्पस महाराजगञ्ज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाअनुसार खटाएको अस्पतालमा जान भनिएको छ ।

मन्त्रालयले आजको दिनदेखि चार दिनभित्र नजाने चिकित्सकलाई सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्नेसमेत जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग

काठमाडौँ, १ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १ असोज । बुढानिलकण्ठ नगरपालिका-०९ धुम्बाराही स्थित  बुढानिलकण्ठ पाठशाला/कलेजले हालैको विनाशकारी बाढीबाट प्रभावित २५ जना बालबालिकालाई निःशुल्क शिक्षा प्रदान

काठमाडौँ, १ असोज । आज असोज १ गते, देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित