आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौँ, ४ मंसिर । आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदैछ ।

विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसा पिसाब गर्ने गरेका छन् ।

सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा एक लाख १५ हजार बालबालिकाको ज्यान जाने गरेको छ । घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रीत गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ ।

नेपाल खुला दिसामुक्त घोषणा भइसकेको छ । तर शौचालयको प्रभावकारी प्रयोग भने हुन सकेको छैन । बनाइएका कतिपय शौचालय पनि अव्यवस्थित र प्रयोगविहिन छन् । दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Rate for