चालक र सहचालकको स्वास्थ्य परीक्षण

मुग्लिन, २९ कार्तिक । राजमार्गमा चल्ने सवारीका चालक तथा सहचालकको प्राथमिक स्वास्थ्य परीक्षण गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालय मुग्लिनले इलाका प्रहरी कार्यालय मुग्लिन र मुग्लिन हाइवे हस्पिटलको सहकार्यमा शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित मुग्लिन बजारमा प्राथमिक स्वास्थ्य परीक्षण गरिएकोे हो ।

मुग्लिन बजारस्थित रहेको ट्राफिक प्रहरी पोष्टको प्राङ्गणमा गरिएको स्वास्थ्य जाँच कार्यक्रममा ५५ वटा साना तथा ठूला सवारी साधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिए । सवारी चालक तथा सहचालकको स्वास्थ्य अवस्था सामान्य नहुँदा दुर्घटनाको जोखिम हुने भएकोले यस्तो किसिमको कार्यक्रम मुग्लिनमा आयोजना गरेको उनले बताए ।

उनले भने, “दुर्घटना न्यूनीकरणका लागि सवारी चालक स्वस्थ हुन पनि आवश्यक हुन्छ । विशेष गरी चालक तनावमा हुनुहुँदैन । उनीहरुको स्वास्थ्य जाँच गरेका हौँ ।” प्राथमिक स्वास्थ्य परीक्षण कार्यक्रममा चालक तथा सहचालकको मानसिक अवस्था ठिक रहेको वा नरहेको, तनाबमा रहेको वा नरहेको तथा उनीहरुको आँखाको दृष्टि अवस्था, ज्वरो, रक्तचाप, मधुमेहलगायत अन्य शारीरीक अवस्था ठिक भए–नभएको जाँच गरिएको प्रहरी सहायक निरीक्षक बसौलाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको