१०४ जना कोरोना सङ्क्रमित गर्भवतीको सफल उपचार

काठमाडौँ, २८ कार्तिक । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले हालसम्म १०४ जना कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएका महिलालाई सफल प्रसूति तथा स्त्रीरोगको उपचार गरेको छ ।

अस्पतालका निर्देशक डा. सङ्गीता कौसल मिश्राले स्वास्थ्य सेवा तथा प्रसूतिका लागि अस्पताल आएका कोरोना पुष्टि भएका १०४ जनामध्ये २७ को सफल शल्यक्रियामार्फत र ४० जनालाई सामान्य हिसाबले प्रसूति सेवा दिइएको जानकारी दिनुभयो ।

त्यसैगरी ३७ जनामा स्त्रीरोगसम्बन्धी सेवा प्रदान गरिएको छ । प्रसूति तथा स्त्रीरोगलगायत सेवा लिन आएका सेवाग्राहीलाई कोरोना भाइरस पुष्टि भइहाले पनि सोही अस्पतालमै कोरोना उपचारसँगै अन्य आवश्यक सेवा प्रदान गर्न अस्पतालमै कोरोना परीक्षण ल्याब र अलग्गै आइसोलेसन भवनको व्यवस्था गरिएको निर्देशक मिश्राले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारी कोरोना सङ्क्रमण नेपालमा पनि फैलिन थालेपछि सेवा लिन आएका बिरामीलाई अस्पतालमै सेवा प्रदान गर्ने लक्ष्यले अस्पताल भवनलाई आइसोलेन बनाइएको उहाँले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित