स्थानीय तहले शुरुगरे अस्थायी कोभिड अस्पताल

खलङ्गा, २७ कार्तिक । जुम्लाका आठवटै स्थानीय तहले धमाधम अस्थायी कोभिड अस्पताल शुरु गरेका छन् । यहाँको तातोपानी गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस ९कोभिड–१९०को महामारीलाई मध्यनजर गर्दै गाउँपालिका–५ मा रहेको स्वास्थ्य चौकीमा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताउनुभयो ।

तिहारपछि कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउने पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका–५ मा सो अस्पताल स्थापना गरी दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कर्मचारी भर्ना गरिसकेका छौँ ।” कोभिड अस्पतालका लागि विज्ञापन गर्दासमेत मेडिकल अधिकृतको आवेदन कसैको नपरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लाको हिमा, तिला, कनकासुन्दरी, सिंजा र गुठीचौर गाउँपालिकाले कोभिड अस्थायी अस्पताल स्थापना गरी सञ्चालनको तयारीमा जुटेको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । सङ्घीय सरकारको रु १० लाख बजेटबाट औषधि, औजारलगायत सामान खरिद गरिँदै जाने तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

अस्थायी कोभिड अस्पतालमा एक जना एमबीबीएस डाक्टर, दुई जना स्टाफ नर्स, एक जना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगीको आवेदन परेको र डाक्टरको दुई पटकसमेत विज्ञापन गर्दा कसैको पनि आवेदन नपरेको गुठीचौर गाउँपालिकाका स्वास्थ्य संयोजक बालाराम नेपालीले बताउनुभयो । कोभिड अस्पताल सञ्चालका लागि एमबीबीएस डाक्टरको आवेदन कसैको नपरेको यहाँका स्थानीय तहले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित