कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ ।

ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको खोपको प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनका अनुसार ४ करोड ६० लाख डोज कोरोना खोपको लागि सम्झौता पनि भइसकेको छ ।

ब्राजिलमा सन् २०२१ को जनवरीसम्ममा खोप कार्यक्रम सुरु हुनेछ । ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको मुलुकमध्येको एक हो । अहिलेसम्म ब्राजिलमा ५३ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । साथै मृत्यु हुनेको संख्या पनि एक लाख ५५ हजारको आसपास पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्