भक्तपुर , १५ असोज । राम चन्द्र प्रजापति । भक्तपुर नगरपालिका वडा नं १ स्थित सल्लाघारीको डा। इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न गएका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको डा. इवामुरा अस्पतालले मृत्यु भएको भनेको व्यक्तिको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
लाखाजुको ज्यान जोखिममा पारेको भन्दै अस्पतालविरुद्ध स्थानीय उत्रिएका छन् । लाखाजुको इवामुराले मृत्यु भयो भनेपछि हामीले थप उपचार हुन्छ होला भनेर कराएपछि इवामुरा अस्पतालबाट नर्भिकमा लग्यो, ‘विरामी लाखाजुका भाइ विजेस र छोरा नविनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नर्भिमकले मुटुको धड्कन बाँकी नै रहेको भन्दै भेन्टिलेटरमा उपचार गरिरहेको छ ।’
अस्पतालले लापर्वाही गरेको भन्दै आफन्त र स्थानीयहरु इवामुरा अस्पताल घेराउ गर्न पुगेका छन् । हिडेर इन्डोस्कोपी गर्न पुगेका लाखाजुको उपचारमा डाक्टरले लापरबाही गर्दा मृत्युको मुखसम्म पुगेको पीडित परिवारको र स्थानीयको आरोप छ ।