अवकाश प्राप्त कर्मचारीको सेवासुविधा भुक्तानी अब कोलेनिकाबाट

काठमाडौँ, २२ भदौ । सेवाबाट अवकास प्राप्त सरकारी (निजामती, प्रहरी तथा जंगीलगायत) कर्मचारीको अवकासपछिको सेवा सुविधा भुक्तानी अब कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)हरुबाट हुने भएको छ ।

यअअघि यस्तो भुक्तानी सम्बन्धित कार्यालयबाटै हुने गरेको थियो । उपमहालेखा नियन्त्रक भेष प्रसाद भुर्तेलका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ बाट भने सेवाबाट अवकाश भएका सरकारी कर्मचारीको अवकाशपछिको भुक्तानी हुने उपदान, सञ्चित बिदा तथा औषधि उपचारतर्फको रकम कोष तथा लेखा नियन्त्रक कार्यालयहरुबाट हुने गरी अख्तियारी प्राप्त भएको छ ।

यो वर्षबाट कोलेनिकाले यस्तो अख्तियारी पाएको हो । भुर्तेलका अनुसार अर्को व्यवस्थाप नभएसम्म कोलेनिकाहरुबाटै अवकास प्राप्त कर्मचारीले अवकाशपछिको भुक्तानी लिनु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको

काठमाडौँ, ३ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कुलमान घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति

  काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस  तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष