ज्योति लाईफ इन्स्योरेन्सको न्युनतम बोनस दर निर्धारण

काठमाडौँ, १५ भदौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन बारे कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा समितिबाट भदौ १२ मा स्वीकृत भई २०७६ अषाढ मसान्त सम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको छ ।

जसमा सावधिक जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनश दर तोकेको छ भने सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको छ । त्यस्तै अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनश दर तोकेको कम्पनीले जनाएको छ ।

कायम गरिएको बोनस दर प्रति वर्ष प्रति रु १०००:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार

काठमाडौँ, ८ असोज । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको र न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै

वि.सं.२०७७ साल असोज ०८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४० । मेष

काठमाडौँ, ७ असोज । थप ११ सय ७२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८ सय