ईन्द्रजात्रामा सानिमा बैंकको QR Code यात्राको सौगात

काठमाडौँ, १५ भदौ । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले “ईन्द्रजात्रा QR Code को यात्रा” योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौँ उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल contactless भुक्तानीको सरल, सुरक्षित माध्यम QR Code को लागि आवेदन दिँदा रु. ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सकिनेछ । जसका लागि https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सकिने बैंकले उल्लेख गरेको छ । यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि marketing@sanimabank.com मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर QR Code मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ । यसरी सहभागी हुनुभएका QR मर्चेन्टले बैंकको तर्फबाट रु. ५०० को मोबाइल टपअप प्राप्त गर्नुहुनेछ । यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौँ उपत्यकाको लागि मात्र लागू हुने सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । थप ३ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ६

काठमाडौँ, ८ माघ । नेकपा ओली समूहका अध्यक्ष एवम् काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कालो सपना देख्नेहरु कालो झण्डा

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेका बताएका छन् । आज प्रेस संगठनले आयोजना

काठमाडौँ, ८ माघ । अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई कोरोनाविरुद्धको निःशुल्क र गुणस्तरीय खोप उपलब्ध गराउन सरकार लागेको बताएका छन् ।