अध्यक्ष प्रचण्डको ‘उडायो सपना सवै हुरीले’: बनको बाघले नखाए पनि मनको बाघले यसरी खायो

राजनीतिका चतुर खेलाडी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टी र सरकारलाई असफल बनाई छिमेकी देशका योजना सफल बनाउने सपनाहरु दिन प्रतिदिन असफल हुँदै गएका छन् ।

राष्ट्रिय राजनीतिमा अफ्नो स्वार्थको लागि कुनै पनि कदम चाल्न पछि नपर्ने अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई समेत असफल बनाउन भारतीयलाई खुसी बनाई आफ्नो दुनो सोज्याउन पछि परेका छैनन् । पार्टी एकताको भावना तथा विधान विपरित माग राखी भारत सरकारको मागलाई सम्बोधन गर्न आम नेपाली जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्ने योजना एक पछि अर्को गर्दै असफल हुँदै गएका छन् ।

पार्टीको कुनै पनि निर्णयलाई वैधानिकता दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डले हस्ताक्षर अनिवार्य हुन्छ । तर त्यो नभई भारतीय डिजाईनमा कुर्सीको लडाईको लागि प्रधानमन्त्री तथा अध्यक्षबाट ओलीको राजिनामा माग्ने गैरवैधानिक कार्य प्रचण्डले गर्नु उनको लागि त ऐतिहासिक भुल नै थियो । त्यतीमात्र नभई पार्टीको लागि भने झनै ठूलो संकटमा पार्ने मुख्य योजनाकार नै प्रचण्ड स्थापीत भए ।

विगतमा पनि यो वा त्यो बहानामा आफुले नेतृत्व गरेको पार्टीलाई माटोमा मिलाएर तत्कालिन माओवादी केन्द्र समेत विलयको स्थितीमा पुगेको थियो । तर तत्कालिन एमालेसँगको एकतासँगै बनेको नेकपाले झण्डै दुई तिहाईको मत प्राप्त गरेपछि छाती ठूलो बनाई पुनःनेकपालाई समेत विलयको बाटोमा अघि बढाउने कार्य स्वयम प्रचण्डले थालेका छन् । गुटको राजनीतिमा रमाएका प्रचण्डले त्यो पनि सफल हुने देखिएको छैन ।

पार्टी एकतासँगै एमाले तथा माओवादी केन्द्र पार्टी नरहेता पनि प्रचण्डकै खेलमा माओवादी केन्द्र हाल पनि यथावत रहेको छ । तत्कालिन एमाले ठूलो पार्टी भयो र यसलाई सिध्याउनुपर्छ भन्ने मानसिकताका साथ राजनीतिक खेल गरेका प्रचण्डले हाल नेकपाको फुटको संघारमा पुर्याएका छन् । इतिहास साक्षि छ, अध्यक्ष प्रचण्डले माओवादी केन्द्र भन्ने पार्टीलाई कुन हविगत बनाएका थिए । कांग्रेसको बुई चढ्दा समेत कस्तो अवस्थामा सिमित हुनुपरेको थियो भन्ने ।

यसै क्रममा पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीकै योजना तथा सक्रियतामा एमाले पार्टी दर्ता भएको भनि गौरवका साथ झुटो आरोप लगाउन भ्याए । हुनत आफु जस्तो हो, अरुलाई पनि त्यस्तै देखिन्छ भन्ने उखान नै छ । उनको विगत यस्तै रहेको छ, जहाँ अरुलाई सिध्याउन मात्र योजना बनाउछन् उनी । भित्र भित्रै उनकै योजनामा माओवादी केन्द्र पार्टी सञ्चालनमा रहेको र आफु पानी माथिको ओभानो बन्नको लागि प्रधानमन्त्री ओलीलाई उक्त आरोप लगाउन भ्याए अध्यक्ष प्रचण्डले ।

त्यती मात्र हैन, उनको अभिव्यक्ति तथा व्यवहारको विरुद्धमा देशभर सडक आन्दोलन भयो । त्यसको पनि प्रधानमन्त्री ओलीले नै गरेको भन्ने भ्याए । झुटको पनि सिमा हुन्छ । जनता अब नेताभन्दा कम बुझेका छैनन्, कसलाई के गर्नुपर्छ भन्ने राम्ररी बुझेका छन् । आरोप लगाउनुभन्दा भारतीय दलालको रुपमा आफु भएको जनताले झर्लङ्ग बुझिसके भन्ने हेक्का राख्न जरुरी छ, अध्यक्ष प्रचण्डमा । आफ्ना दुई चार दर्जन कार्यकर्तालाई सामाजिक सञ्जालमा रोईलो गरेर आफ्नो कर्तुत लुकाउन सक्छु भन्ने सपना बनाउनु आफ्नै लागि ठूलो दुर्घटना हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।