अंगुर खानुका अचुक फाईदा

काठमाडौँ, ३० असार । गर्मी सुरु भएसँगै अंगुरले हाम्रो शरीरमा सितलता प्रदान गर्दछ । साथै अंगुर रसिलो फल भएकाले फलफुलहरुमा पनि विशेष मानिन्छ ।

अंगुरमा प्रोटिन, कार्बोहाइड्रेट, सोडियम, फाइबर, भिटामिन ए, सी, ई, के, क्याल्सियम, म्याग्रीसियम, म्यांग्रीज, जिंक, आइरन जस्ता पोषक तत्व पाइन्छ ।

हेर्नुहोस अंगुर खानुको अचुक फाईदा :

१. अंगुर खानाले कब्जियतको समस्याबाट बच्न सकिन्छ  ।

१. माइग्रेनको समस्या भएकाहरुले अंगुर खाना निकै लाभदायक हुन्छ ।

३. टाउको दुखेको छ भने अंगुरको रस पिउनाले छिट्टै आराम मिल्ने छ ।

३. अंगुरमा प्रशस्त मात्रामा आइरन पाईने भएकाले हाम्रो शरीरमा रगतको अभावलाई कम गर्छ ।

४. अंगुर खानाले हाम्रो शरीरका हाडहरु मजबुत र बलियो हुनुका साथै जोर्नी दुख्ने, ढाड दुख्ने समस्याबाट राहत मिल्दछ ।

५. रगतको समस्या वा एनिमियाको समस्या भए नियमित अंगुर वा यसको रस खानु पर्दछ ।

६. अंगुर खानाले अनुहारमा चमक आउनुका साथै दाग धब्बा, चाउरीपनाबाट बच्न मदत गर्छ ।

७. अंगुर खानाले आँखाको दृष्टिलाई तेजिलो पार्नुका साथै आँखा स्वस्थ राख्न पनि मद्दत गर्दछ ।

८. अंगुरमा प्रशस्त मात्रामा पोटासियम तथा फाइवर पाइने हुनाले हाम्रो शरीरको रक्तचापलाई नियन्त्रण गर्दछ ।

९. अंगुरमा हुने पानीको मात्राले फोक्सोमा आद्र्रता बढाउने हुनाले यो दमका रोगीलाई पनि फाइदाजनक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Rate for