‘कोरोनाको कारण समाजमा स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीमाथि दुव्र्यवहार बढ्यो’

काठमाडौँ, २९ असार । बलराम प्यासी । दुर्घटनामा परेर कोही घाइते भए या कुनै रोगका कारण कोही विरामी परेमा उनीहरुको उपचारको लागि विरामीको नातेदार नजिकको सरकारी या नीजि अस्पतालतिर दौडिन्छन । विरामीले आफुलाई वचाईदिने अस्पतालका स्वास्थ्यकर्मीलाई त्यतिखेर भगवानभन्दा पनि ठुलो मान्छ भने आफन्तले उनीहरुलाई महान मान्छन । कसैको ज्यान बचाउने महान धार्मिक पेशामा आवद्ध भएकोमा स्वास्थ्यकर्मीहरु पनि दंग हुन्छन र गर्व महसुस गर्छन । समाजमा उनीहरुको छुट्टै इज्जत र प्रतिष्ठा हुन्छ ।

तर तिनै घाइते र विरामीलाई समयमै उपचार गरि कालको मुखबाट जोगाउने प्रयास गर्ने स्वास्थ्यकर्मीलाई पछिल्लो समय समाजमा टिक्न बस्न गाह्रो हुन थालेको छ ।

एक अर्कामा सजिलैसंग सर्ने विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड—१९) संक्रमितहरुको जाँचपडताल, खकार र र्याल परिक्षण लगायत उनीहरुको उपचारमा फ्रन्टलाइनमा रहेर विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुलाई यतिखेर समाजले गर्ने व्यवहार ठ्याक्कै उल्टो हुन थालेको छ ।

कोभिड—१९ को संक्रमण अघिसम्म त्यस्ता स्वास्थ्यकर्मी र अस्पतालमा काम गर्ने अन्य प्रशासनिक कर्मचारीलाई समेत सम्मान र व्यवहार गर्ने त्यहि समाज अहिले विगतमा दलित जातिमाथि गरिने जस्तो उल्टो व्यवहार गर्न लागेकोमा उनीहरु चिन्तित देखिन्छन ।

एक त आफ्नो ज्यान नै जोखिममा राखेर अस्पतालमा डराई डराई काम गर्नुपर्ने त्यसमा पनि डेरामा फर्किदा चोरबाटो अपनाउनुपर्ने या घरवेटीसंग लुकेर डेरामा छिर्नुपर्ने वाध्यता भएको उनीहरु गुनासो गर्नछ । समाजले पनि उनीहरुलाई कर्के नजरले हेर्न थालेको छ । घर हुनेहरुलाई पनि विगतमा राम्रो व्यवहार गर्ने तिनै छिमेकीहरुले अपराधीलाई झैं हेर्न थालेको उनीहरुको गुनासो छ ।

‘अब त आफु फलानो अस्पतालमा काम गर्छु’ भनेर पनि भन्न डर भईसक्यो राजधानीको एउटा अस्पतालका स्वास्थ्यकर्मीले गुनासो गर्दै भने । झन त्यसमा त आफुहरु कार्यरत अस्पतालमा विरामी या कुनै अमुक स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण देखियो भने त्यो अस्पतालमा काम गर्ने अन्य स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीलाई समेत समाजले गलत नजरले हेर्दै सकभर आफुहरुबाट टाढै बसोस् भन्ने खालको दुव्र्यवहार गर्न थालेको उनीहरु गुनासो गर्छन ।

केही दिन अघि अस्पतालबाट लखतरान भएर डेरामा फर्किएका स्वास्थ्यकर्मीलाई घरवेटीले गेटमा छोयो भनेर दुव्र्यवहार गरेको समेत उनले गुनासो गरे । त्यतिमात्रै नभई कुनैपनि अस्पतालका स्वास्थ्यकर्मी या प्रशासनिक कर्मचारीहरुले सञ्चालन गर्दै आएको अरु किसीमको कुनै पेशा व्यवसायलाई समेत समाजले अनौठो नजरले हेर्न थालेको छ ।

जवकी पछिल्लो समय विरामीको उपचारमा ज्यान वाजी राखेर खटिने स्वास्थ्यकर्मीहरु आफैंलाई कोरोना संक्रमण भएपछि उनीहरु पनि १४ दिनसम्म क्वारेन्टाइन या आइसोलेसनमा बसेर घर डेरामा फर्किन वाध्य छन् । क्वारेन्टाइन अवधि पुरा गरि स्वस्थ भएर डेरामा फर्किँदा पनि उनीहरुलाई घरवेटीले गर्ने व्यवहार अव्यवहारिक र तल्लोस्तरको हुने गरेको पाइन्छ ।

‘विरामी या घाइतेलाई बचाउने स्वास्थ्यकर्मीहरुमाथि अहिले समाजले छुवाछुतको जस्तो दुव्र्यवहार गर्ने र भोलि समाजको त्यहि मानिस विरामी भएर अस्पतालमा बस्दा स्वास्थ्यकर्मीले पनि उसको उपचारमा उचित ध्यान नदिने हो भने के हुन्छ ? समाजले यो पनि बुझ्न जरुरी छ’—नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा कार्यरत प्रशासन अधिकृत निवानिश राई भन्छन—‘२१ औं शताव्दिको शिक्षित समाजले आफुलाई सकारात्मक रुपमा परिवर्तन गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । बाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । आज सभामुख सानुकुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक

काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको

काठमाडौँ, ९ माघ । वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष

काठमाडौँ, ९ माघ । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ ।