यस्ता छन्, करेला खानुको फाइदै फाइदा

काठमाडौँ, २३ जेठ । अहिलेको मौसमी तरकारी करेलामा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला ।

हेर्नुहोस करेलाबाट हुने फाइदा –

१. करेलाको रस मख्खनमा मिलाएर खाएमा पेटको दुखाइ कम हुन्छ ।

२. करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रिया मजबूत बनाउन करेला सहयोगी हुन्छ ।

३. करेलाले रगतमा चिनीको मात्रा सन्तुलन राख्न मद्दत गर्छ । विशेषगरी टाइप–२ मधुमेहका रोगीहरूलाई करेला निकै फाइदाजनक हुन्छ ।

४. करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।

५. करेलाले रगत सफा गर्छ । साथै हेमोग्लोबिन बढाउँछ ।

६. करेलले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ ।

७. दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।

८. कफको रोगीले करेला सेवन गर्नुपर्छ ।

९. मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ । यसले सुगर लेभल नियन्त्रण गर्छ ।

१०. पक्षघातका बरामीहरुलाई काँचो करेला खुवाउँदा स्वास्थ्य अवस्था एकदमै राम्रो बन्दछ ।

११. करेला खाने गर्नाले रगत सफा हुने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि मद्दत पुर्याउँदछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित