१३ लाख ४० हजार छात्रालाई निशुल्क सेनेटेरी प्याड

काठमाडौँ, १६ जेठ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटेरी प्याड निशुल्क वितरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘देशभरका सबै सामदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटरी प्याड निःशल्कु उपलब्ध गराउन स्थानीय तहमाफर्त सशर्त अनुदानको रूपमा रु १ अर्ब ८२ करोड वितीय हस्तान्तरण गर्ने घोषणा गरेका छन ।

हाल ४३ जिल्लामा लागु भएको दिवा खाजा कार्यक्रम देशभर विस्तार गरिने भएको छ । त्यसका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा एक हजार ८ सय विद्यालय भवन र ३८ आगिंक क्याम्पसको भवन पुर्ननिर्माण गरिने भएको छ । २ हजार ५२० कक्षा कोठा ,१-१ हजार संख्यामा विज्ञान प्रयोगशाला,पुस्तकालय ल्याव निर्माणको लागि बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । आफ्नो स्वार्थलाई पुरा गर्न नपाएपछि देशी तथा विदेशी शक्तिहरु प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ

काठमाडौँ, २५ असार । दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात भक्तपुरका नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन्

काठमाडौँ, २५ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल