सामाजिक दुरी कायम गराउन पाण्डासँग डिनर

एजेन्सी । कोरोना भाइरस महामारीपछि कतिपय देशमा होटल रेस्टुरेन्ट आंशिक रुपमा खुल्न थालेका छन् । त्यस्तै थाइल्याण्डमा खुलेको रेस्टुरेन्टहरूले एउटा टेबुलमा एक पटकमा एकजना मात्रै ग्राहकलाई सर्भ गर्न पाउनेछन् । अर्थातसँगै आउने दम्पत्ति वा परिवारबाहेकका मानिसहरूलाई एउटै टेबलमा बसाल्न पाइँदैन ।

राजधानी बैङ्कमा रहेको एउटा भियतनामी रेस्टुरेन्टले अनौठो उपाय अपनाएको छ । ग्राहकको एक्लोपना भगाउन तथा रमाइलो प्रदान गर्नका लागि उक्त रेस्टुरेन्टले ग्राहकहरूलाई पाण्डासँगै बसेर डिनर गर्न पाउने व्यवस्था गरेको छ ।

Maison Saigon नामक उक्त रेस्टुरेन्टले हरेक टेबुलमा हुने दुईवटा आमनेसामने कुर्सीहरूमध्ये एउटामा ठूलो आकारको पाण्डाको डल राखिदिएको छ । त्यसैले रेस्टुरेन्टमा आउने ग्राहकहरूले आफ्नै टेबुलको ठ्याक्कै सामुन्नेको कुर्सीमा साँच्चिकै जस्तो लाग्ने पाण्डालाई हेर्दै भोजन गर्न पाउनेछन् । यसबाट आफ्नो सामुन्नेको कुर्सी खाली भएको नरमाइलो अनुभूति ग्राहकहरूलाई नहुने र पाण्डाको मुखाकृति हेर्दा रमाइलो पनि महसुस हुने दाबी रेस्टुरेन्टका मालिकको छ ।

हुन पनि रेस्टुरेन्टको यो काइदा ग्राहकहरूले निकै रुचाएका छन् । रेस्टुरेन्टमा पाण्डासँग बसेर खानका लागि उल्लेख्य मात्रामा ग्राहकहरू जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । न्याय सेवा आयोगले नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूहको राजपत्राङ्कित प्रथम र

काठमाडौँ, २९ असोज । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्  पुनर्स्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको

सप्तरी, २९ असोज । पत्रकार हुँ भन्दै डीएसपीसम्मैलाई फोन गरेर  गालीगलौज गरेको आरोपमा सिरहाको लहान नगरपालिका-२४ घर भइ काठमाडौंको कीर्तिपुर

काठमाडौँ, २९ असोज । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बिहान ११ः३० बजे