नेपालका संक्रमितमा किन देखिएन जटिल समस्या ?

काठमाडौँ, २२ वैशाख । नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए ।

यी दुवै जना कुनै स्वास्थ्य समस्या विनै  निको भएका थिए । देशभरमा कुल संक्रमित ७५ जना मध्येमा १६ जना पनि कुनै जटिल समस्या विनै डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

विश्वभर कोरोना संक्रमितको स्थिति हेर्दा वृद्व–वृद्वा, उच्चरक्तचाप, दम, मिर्गौला, मधुमेह, क्यान्सर र मुटु रोगीहरुमाल जटिलता ल्याउँछ र मृत्यु गरेको अध्ययनले देखाएका छन् । तर नेपालमा वृद्व–वृद्वा तथा दीर्घरोगीहरुमा समेतमा कुनै समस्या नआएको चिकित्सक बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड– १९ संक्रमितमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने, नाकवाट पातलो पानी वग्ने, श्वास फेर्न गाह्रो हुने र थकाइ लाग्ने जस्ता लक्षण हुन्छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित