काठमाडौँका ५० ठाउँमा हात धुने र स्यानिटाईजर स्टेशन राखिदै

काठमाडौँ, ५ चैत । विश्वभर फैलिएको कोरोनाको महामारी विरुद्ध नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले उपत्यकामा संचालित ५० भन्दा बढी क्रुयुलाइ जनचेतनामूलक कार्यक्रम संचालन गर्न निर्देशन दिएका छन ।

संयोजक भण्डारीका अनुसार उपत्यकाका ५० स्थान छनौट गरि ३ देखि ५ जनाको प्रशिक्षित स्वंसेवक टोलीले सम्भावित संक्रमणबाट बच्न सुरक्षित हात धुने तरिका, स्यानिटाइजरको प्रयोग, पर्चा वितरण लगायतका कार्य मार्फत आम जनतालाई कोरोना भाइरसबारे सचेत गराउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २५ चैत । कोरोनाभाइरसको डरका कारण फ्रान्सको एक फुटबल क्लब रिम्सका डाक्टर बर्नाड गोन्जालेजले आत्माहत्या गरेका छन् । ६०

काठमाडौँ, २५ चैत । कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ ।

एजेन्सी, २४ चैत । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीका अनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स

एजेन्सी, २४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको