काठमाडौँ, २ चैत । दुई महिनामा ३६ जनाको डेंगीको संक्रमण भेटिएको छ । इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको हो ।
प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको हो ।
डेंगीको पनि महामारी फैलन सक्ने भन्दै महाशाखाले सचेत रहन सबैमा आग्रह गरेको छ । विश्वभर नै कोरोनाको त्रास रहेको बेला यसको त्रास नेपालमा पनि छ ।





