दादुरा रुबेला खोप अभियानलाई सफल बनाउन घरघरमा निम्तो कार्ड बितरण

भक्तपुर, १ चैत । देशैभर हाल सञ्चालन भइरहेको खोप अभियानलाई सफल बनाउन सूर्यविनायक नगरपालिकाले सरोकारवालासँग अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरउपप्रमुख जुना बस्नेतले दादुरा रुबेला खोप अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि, सम्पूर्ण विद्यालय, संचारकर्मी, नगरप्रहरी समुदाय लगायत सबैको सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले इँटा भट्टा, श्रमिक क्षेत्र लगायत पहुँचबाट टाढा रहेका बस्तीका बालबालिका नछुटुन् भन्ने तर्फ चानाखो बन्नुपर्ने बताउनुभयो ।

यो अभियानमा दादुर—रुवेलाको खोप लगाउने र पूर्ण खोप लगाउन बाँकी रहेकाको पहिचान गरि सबैलाई पूर्ण खोप लगाउन अभिप्रेरित गरिने उहाँको भनाई थियो ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख एवं बरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पूर्ण खोप सुनिश्चित घोषणा भईसकेको भक्तपुरमा आब २०७५÷०७६ मा भएको जिल्लाको तथ्यांक अनुसार ८८ प्रतिशत बालवालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन र सबैलाई पुर्ण खोपको सुनिश्चित गराउन स्वास्थ्य स्वयं सेविकालाई सकृय बनाउन र माइकिङलाई जोड दिनुपर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत नारायण केसीले खोप लगाएपछि बालबालिकामा कुनै समस्या आएमा तत्कालै उपचारको व्यवस्था समेत गरिएको जानकारी दिदै खोपबाट कुनै असर नगर्ने बताउनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईंले नगरपालिकाभित्रका ८ हजार ६ सय ५२ बालबालिका लक्षित संख्या रहेको जानकारी दिंदै महिला स्वास्थ्य स्वयम् सेबिका तथा स्वयम सेवक मार्फत ९ महिनादेखि ५ बर्षका बालबालिका भएको घरघरमा गई निम्तो कार्ड वितरण गरिएको बताउनुभयो । ‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम भइरहेको चापागाईंले बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख चापागाईंले स्थानीय वडा खोप समन्वय समिति र सरोकारवालाको निर्णयको आधारमा सबैलाई पायक पर्ने गरी नगरका विभिन्न स्थानमा ७२ खोप केन्द्र निर्धारण गरिएको बताउनुभयो ।

बालबालिकाले लगाउने सात प्रकारको खोप लगाएर पुरा गर्नेलाई पूर्ण खोप लगाउनेको संख्यामा राख्ने गरिन्छ । नेपाल सरकारले सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त गरिने अभियानमा जुटेको छ । यही अभियान अन्तर्गत चैत ३ गतेदेखि ११ गतेसम्म भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका ९ महिनादेखि ५ वर्षसम्मका बालवालिकालाई निःशुल्क दादुरा—रुवेला खोप लगाउन लागिएको हो ।

भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । जसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ । यसका लागि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायकमा गरि चारवटा नगरपालिकामा १९८ वटा खोप केन्द्र रहनेछ । प्रत्येक वडामा कम्तीमा ९ वटा खोप केन्द्र संचालन हुनेछ भने प्रत्येक खोप केन्द्रमा कम्तिमा एक खोप कार्यकर्ता र २ जनाका दरले स्वंयंसेविका परिचालन हुनेछन् । यसका लागि ३९६ जना स्वयंसेवक र ७१ जना खोप कार्यकर्ता परिचालन हुने स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । सरकारले सन् २०२३ सम्ममा अभियानले दादुरा रुवेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पु¥याई दादुरा रुवेला निवारण गर्ने उद्देश्य राखेको छ ।

प्रत्येक १० लाख जनसंख्यामा ५ जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार सरकारले पहिलो चरणमा फागुन महिनाभर प्रदेश नं. एक, दुई र पाँचका ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई खोप अभियान संचालन गरेको छ भने दोश्रो चरणमा बाग्मती, गण्डकी, सुदुरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने भएको छ ।

सरकारकाले पहिलो र दोश्रो चरणको खोप अभियानमा ३० लाख बालबालिकालाई खोप दिइने लक्ष्य राखेको छ । दादुरा र रुवेला खोप अभियान सन् २००४ बाट सुरुवात गरिएको हो । त्यसपछि हरेक चार—चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन २००४, २००८, २०१२ र २०१६ सञ्चालन भैसकेको छ ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा—रुवेला निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पुरा गर्नका लागि अभियान संचालन गरेको छ । अहिले ७३ प्रतिशत बालबालिकामा पूर्ण खोप पाएका छन् भने पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ ।

सरकारले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । जसमा नेपाल सरकारको १० करोड र अन्तर्रा्ष्ट्रिय संस्था गाभीले रु. २० करोड रुपैयाँ गर्ने भएको बताइएको छ ।

नेपालमा अझै पनि १ प्रतिशत बालबालिकालाई खोपका बारेमा थाहा छैन। विगतका वर्षमा खोपको पहुँचमा कमी भएपछि अभियान सञ्चालन गरेर खोपको दायरामा ल्याउन स्थानीय तहका वडाहरूमा जिम्मेवारी तोकिएको छ ।

‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम भइरहेको छ ।

दादुरा अतिछिटो सर्ने संक्रामक रोग मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाइरस) कारणबाट हुने दादुराजस्तै देखिने संक्रामक रोग भनेर विश्व स्वास्थ्य संगठनले दाबी गरेको छ ।

यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्ने र यसले छिट्टै महामारीको रूप पनि लिन सक्ने हुँदा नेपाल सरकारकै कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ चैत । एजेन्टलाई ‘चार्टर्ड फ्लाइट’बापतको कमिसन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका नेतृत्वलाई

काठमाडौँ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्ने भएको छ  । आज दिउँसो

काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै

काठमाडौँ, २४ चैत । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको