सरकारले औषधि नरोक्न भारतलाई पत्राचार गर्ने

काठमाडौँ, २३ फागुन । भारतले विभिन्न औषधि र औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपाल सरकारले ती वस्तुको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने भएको छ ।

भारतले औषधि र औषधिको कच्चा पदार्थको निर्यातमा रोक लगाउँदा नेपालमा त्यसको प्रत्यक्ष असर पर्ने भएकाले निर्यात नरोक्न पत्राचार गर्ने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बिहीवार बसेको बैठकले सो निर्णय गरेकोे सञ्चार मन्त्रालयको समेत जिम्मेवारी लिएका अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

उनले हाल नेपालमा कुनै पनि औषधि र कच्चा पदार्थको अभाव नरहे पनि आगामी दिनमा अभाव हुन नदिन नेपालको हकमा निर्यात खोली सहज आपूर्ति गरिदिन भारतलाई आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरिएको बताए । खतिवडाले बजारमा अभाव देखिएको मास्क उत्पादन र   आपूर्ति बढाउन निजीक्षेत्रसँग सहकार्य भइरहेको बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  टीपी भुसालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको