काठमाडौँ, १८ फागुन । दक्षिण कोरिया र चीनबाट फर्किएका दुईजना नेपालीमा कोरोना भाइरस संक्रमणको आशङ्का भएपछि अस्पताल भर्ना भएका छन् ।
कोरोना प्रभावित मुलुक चीन र दक्षिण कोरियाबाट भर्खरै नेपाल आएर घरमै रहेका उनीहरुलाई ज्वरो आएपछि उनीहरुलाई कोरोनाको आशङ्का भएपछि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ ।





