मास्क बिक्रीमा मनपरी

काठमाडौँ, १६ फागुन । बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् । यसका लागि उनले २०० रुपैयाँ तिरिन् । तर करिब एक महिनाअघि भने उनले त्यति नै परिमाणको मास्क ४० रुपैयाँमा किनेकी थिइन्। अहिले उनले प्रतिगोटा २० रुपैयाँ बढी तिर्नुपर्‍यो ।

फार्मेसीमा पेपर मास्क नपाएपछि फुटपाथ पसलबाट किनेको उनको भनाइ छ। ‘अरू बेला प्रतिगोटा पाँच रुपैयाँमा मास्क किनिन्थ्यो। अहिले त्यसलाई २५ रुपैयाँ तिर्नुपर्‍यो, उनले भनिन् ।

खुद्रामा प्रतिगोटा पाँच र १० रुपैयाँमा पाइने साधरण मास्क अहिले उपभोक्ताले २५ देखि ३० रुपैयाँसम्म तिर्नुपरेको छ । मास्कको सटेज हुन थालेदेखि केही फार्मेसीले बिक्री नगरेको र केहीले थोक मूल्य नै बढेर आएपछि त्यहीअनुसार बिक्री गरेको बताएका छन् ।

महिना दिनदेखि मास्क बेच्न छोडिसकेको न्युरोड गेटस्थित न्युरोड फार्मेसीका सञ्चालक मन्दिर श्रेष्ठले बताए । अहिले पेपर मास्क छाडी कपडाको मास्क बिक्री गरिरहेको उनले सुनाए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा

धनुषा, २९ भदाै । धनुषाको हंसपुर नगरपालिका–५ (साविक सुगा निकास गाउँ विकास समिति) का ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब

काठमाडौँ, २९ भदाै । जनसंख्या वनावटमा आएको तिव्र परिवर्तन समाजवादको आधार निर्माणको आधार हुने विज्ञहरुले बताएका छन् । घट्दो जन्मदर,बढ्दो

काठमाडौँ, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको