काठमाडौँ, ७ फागुन । वाणिज्य विभागले सर्जिकल माक्सको चरम अभाव भएपछि कालोबजारी भएको निष्कर्ष निकालेको छ ।
विभागले माक्सको कृत्रिम अभाव उत्पन्न गरिएको भन्दै छानविन प्रक्रिया अघि बढाएको हो । विभागले केहि दिन उपत्यकाका विभिन्न औषधि पसलमा अनुगमन गर्दा केहि औषधि पसलले माक्स लुकाएको तथा केहिले बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।
विभागले ती पसललाई कानुन अनुसार कारबाही र जरिवानासमेत गर्ने भएको छ । हाल नेपाली बजारमा सर्जिकल मास्क पाइनै छोडेको छ । पाइहाले पनि ५ रुपैयाँ पर्ने मास्क ५ गुणा भन्दा बढी मुल्यमा बिक्रि भैरहेको छ ।





