सूर्यविनायकमा हेपाटाइटिस बि. सम्बन्धि निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

भक्तपुर, २६ माघ । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित ज्योति माध्यामिक विद्यालयमा हेपाटाइटिस बि सम्बन्धि निःशुल्क स्वास्थ्य शिबिर आइतवार सम्पन्न भएको छ ।

सूर्यविनयाक नगरपालिका वडा नं. ७ र जनकल्याण समाजले संयुक्त रुपमा आयोजना गरिएको उक्त स्वास्थ्य शिबिमा ४०६ जनाले रक्त परीक्षण गरेका छन् । नगर प्रमुख बासुदेव थापा र वडाध्यक्ष रबिन्द्र सापकोटाले रक्त परीक्षण गरी स्वास्थ्य शिबिरको शुभारम्भ गर्नुभएको थियो ।

नगरप्रमुख थापाले नागरिकको स्वाथ्यप्रति जिम्मेवार हुँदै नगरपालिकाका विभिन्न स्थानमा विभिन्न प्रकृतिको शिबिर सञ्चालन गरी नागरिकलाई राहत प्रदान गरिएको बताउनुभयो ।

गत पुस ९ गते यसै वडाको किवाचोक स्थित रोहित खुलिमूलीको हेपाटाइटिस बिबाट मृत्यु भएपछि सोही स्थानको ज्योति माविमा शिबिर सञ्चालन गरिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

हेपाटाइटिस बि लागेका व्यक्तिमा प्राय कुनै लक्ष्यण नदेखिने हेपाटाइटिस लागेका केही बिरामीमा बारम्मबार जण्डिस हुने, कुनै रोग लागे सो रोग समयमा नै निको नहुने, कलेजोमा दुख्ने, सुन्निने, खाना खान मन नलाग्ने र स्वास्थ्य कमाजोर भइ शिथिल हुँदै जाने, रगक कमि हुने, पेट गडबड हुने, चोट पटक नरोकिने लक्ष्यण देखापर्ने सम्बन्धित विशेषज्ञले बताएका छन् ।

यो रोग दाह्री, कपाल काट्दा शरिरको ¥याल, पसिनाबाट सर्ने गर्छ । त्यस्तै सङ्क्रमित गर्भवती महिलाले जन्माएको बच्चामा र असुरक्षित यौन सम्पर्कबाट यो रोग सर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्