हात्तीपाइले रोगका बिरामी खान मान्दैनन् औषधि

काठमाडौँ, २४ माघ । सर्वसाधारणमा गलत धारणा रहेकाले हात्तीपाइले रोगका बिरामीले औषधि खान नमान्ने गरेको पाइएको छ । विशेषगरी सहरी भेगका बासिन्दा नै औषधि खान हिच्किचाउने गरेका छ ।

टाठाबाठा शिक्षित वर्गले नै यो औषधि खान नमान्ने गरेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले बताए। ‘हात्तीपाइले रोगबारे कम बुझेकाले औषधिको साइड इफेक्ट हुन्छ भनेर औषधि खाँदैनन्,’ उनले भने, ‘कतिलाई यो औषधि बिदेशबाट ट्रायल गर्न ल्याइएको भन्ने भ्रम छ ।’

विश्व स्वास्थ्य संगठनबाट परीक्षण गरी गुणस्तरीय मानिएको औषधि नै नेपालमा चलाइएकाले पूर्ण रुपमा सुरक्षित रहेको उनले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्