काठमाडौँ, २३ माघ । नेपाल सरकारले एक लाख मास्क चीन सरकारलाई उपलब्ध गराउने भएको छ ।
वुहानबाट फैलिएको कोरोना भाइरसले चीन आक्रान्त भइरहेका बेला सावधानी अपनाउन नेपाल सरकारले तत्काल एक लाख मास्क उपलब्ध गराउने भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति कार्ययोजनाअनुरूप तयारीमा जुट्न रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई बालुवाटारमा बोलाएर निर्देशन पनि दिएका छन् ।
नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।






