कोरोनाको त्रास, ३०० शय्याको छुट्टै अस्पताल बनाउँदै सरकार

काठमाडौँ, २२ माघ । सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी ३०० शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ ।

प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा सांसादहरुले कोरोना भाइरस फैलने अवस्थामा सरकारको तयारी सोधेपछि स्वास्थ्य मन्त्रीले यस्तो तयारी भएको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट फैलिएको कोरोना भाइरसको असर नेपालमा नदेखिएको बताए । उनले कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन सरकारले विशेष निगरानी गरिरहेको जानकारी दिए ।

सरकारले यस्तो प्रकृतिको कुनै पनि भाइरल तथा महामारी नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको जानकारी मन्त्री ढकालले दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्