‘स्वस्थ बच्चा प्रतिस्पर्धा’

काठमाडौँ, २० माघ । खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपु-याउँदा धेरै बालबालिका कुपोषणको सिकार भएका छन् ।

मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुँदा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । पोषण र स्वास्थ्यमा सुधारका लागि धादिङमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको दक्षिणी भेगको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिई कार्यक्रम सञ्चालन गरिएको हो ।

हालसम्म बेनिघाट रोराङ गाउँपालिकातर्फ वडा नं. ८ को माङमुङ, बुङपुङ, मिजारगाउँ, यारवाङ, साचक, राक्सिराङ, दुङवाङ र गजुरी गाउँपालिकातर्फ वडा नं. ४ को चिउरीखर्क, नेवारबास, गैह्रीगाउँ, धर्मेचौर र वडा नं. ६ को राम्चेमा गरी १२ स्थानमा कार्यक्रम सञ्चालन गरिएको छ ।

१२ स्थानमा पाँच वर्षमुनिका २ सय ८२ जना बालबालिकालाई प्रतिस्पर्धामा सहभागी बनाइएको छ । सहभागीमध्ये ६ जना बालबालिका पोषणका हिसाबले अति जोखिममा र १७ जना मध्यम जोखिममा रहेको पाइएको छ । जोखिममा रहेका बालबालिकाको पुनस्थापनाका लागि सम्बन्धित अभिभावकलाई आवश्यक परामर्श दिइएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्