‘स्वस्थ बच्चा प्रतिस्पर्धा’

काठमाडौँ, २० माघ । खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपु-याउँदा धेरै बालबालिका कुपोषणको सिकार भएका छन् ।

मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुँदा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । पोषण र स्वास्थ्यमा सुधारका लागि धादिङमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको दक्षिणी भेगको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिई कार्यक्रम सञ्चालन गरिएको हो ।

हालसम्म बेनिघाट रोराङ गाउँपालिकातर्फ वडा नं. ८ को माङमुङ, बुङपुङ, मिजारगाउँ, यारवाङ, साचक, राक्सिराङ, दुङवाङ र गजुरी गाउँपालिकातर्फ वडा नं. ४ को चिउरीखर्क, नेवारबास, गैह्रीगाउँ, धर्मेचौर र वडा नं. ६ को राम्चेमा गरी १२ स्थानमा कार्यक्रम सञ्चालन गरिएको छ ।

१२ स्थानमा पाँच वर्षमुनिका २ सय ८२ जना बालबालिकालाई प्रतिस्पर्धामा सहभागी बनाइएको छ । सहभागीमध्ये ६ जना बालबालिका पोषणका हिसाबले अति जोखिममा र १७ जना मध्यम जोखिममा रहेको पाइएको छ । जोखिममा रहेका बालबालिकाको पुनस्थापनाका लागि सम्बन्धित अभिभावकलाई आवश्यक परामर्श दिइएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित