चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको साझा प्रवेश परीक्षा अन्योलमा

काठमाडौँ, १७ माघ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगद्वारा लिने भनिएको चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तह (पीजी) को साझा प्रवेश परीक्षा (कमन इन्ट्रान्स) हुने नहुनेबारे अन्योल देखिएको छ ।

यही चैतमा लिने भनिएको उक्त परीक्षा आयोगको नियमावली पारित नहुँदा अनिश्चित देखिएको हो । यद्यपि आयोगले नियमावलीको मस्यौदा तयार भइसकेको दाबी गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको आयोगमा अध्यक्षसँग सल्लाह नगरी निर्णय गर्न नमिल्ने भएकाले झन् समस्या देखिएको छ । आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले नियमावली पास नहुँदा परीक्षा चलाउन समस्या पर्ने बताउँदै भने, ‘परीक्षाको तयारी सुरु गरिसकेको छौँ, नियमावली पास हुनासाथ परीक्षा लिने बाटो खुला हुनेछ ।’

आयोगका सदस्य सचिव डा. हरि लम्सालले पनि समयमै नियमावली पारित हुने दाबी गर्दै इन्ट्रान्स परीक्षा लिने तयारी भइरहेको बताए ।आयोगले गत साल फागनु १० गते ऐन ल्याएको थियो । उक्त ऐन आएको ६ महिनापछि प्राडा गिरी उपाध्यक्षमा नियुक्त भएका थिए ।

आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित