काठमाडौँ, १३ माघ । आजदेखी नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ ।
प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ ।
उपचारको क्रममा डाक्टरले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण हुनेछ । चीनबाट आएका व्यक्तिमा सय डिग्रीभन्दा बढी ज्वरो आएको भेटिए उपचारको लागि अस्पताल पठाउने गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।





