ब्लड डोनर ‘एप’ निर्माण गर्ने

काठमाडौँ, २७ पौष । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले रक्तदान सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ ब्लड डोनर ‘एप’ निर्माण गर्ने भएको छ ।

हरेक दिन ७० देखि ८० जना सुत्केरीलगायत स्त्रीरोग सम्वन्धी सल्यक्रिया गरिदैं आएको सो अस्पतालमा रगत व्यवस्थापन सेवा चुस्त र दुरूस्त राख्ने उद्देश्यले अस्पतालको आन्तरिक सेवाका लागि ‘एप’ निर्माण गर्न लागेको सो अस्पतालका ब्लड बैंक इन्चार्ज परशुराम दाहालले जानकारी दिनुभयो ।

अस्पतालमा सेवा लिन आएका विरामीका लागि अस्पतालकै ब्लड बैंकबाट रगत उपलब्ध गराउँदै आएका छौँ, कहिलेकाही अलि सङ्ख्यामा आकस्मिक सल्यक्रिया गर्नुपर्दा र रक्तदान कम हुने मौसममा पनि सजिलै रगत व्यवस्थापन गर्न सकियोस् भन्ने उद्देश्यले ब्लड डोनर एप निर्माण गर्न लागेको दाहालले बताउनुभयो ।
सो एपको लागि गैर आवासीय नेपालीले सञ्चालन गरेको लाइफ बैंकसँगको सहकार्यमा अस्पतालले रक्तदाताको रेकर्ड राख्ने योजनासहित ब्लड डोनर एप बनाउने योजना अन्तिम तयारी भईरहेको बताउनुभयो ।
सो एपमा रक्तदाताको रक्त समुह, रगत दान गरेको मिति समेत हेर्न सकिने व्यवस्था हुनेछ । जसबाट आवश्यक परेको खण्डमा कुन रक्तदातालाई बोलाउन सकिने अवस्था छ भनेर एपमै देखिनेछ, यसबाट डोनरलाई र अस्पताललाई समेत ब्लडको उपलब्दताबारे स्पष्ट जानकारी हुनेछ ।
इन्चार्ज पोखरेल सो अस्पतालमा सञ्चालित ब्लड बैंकमा विगत १२ वर्षदेखि कार्यरत रहनुभएको छ । आवश्यकता परेको अवस्थामा अस्पतालमा आउने विरामीका लागि मात्र होइन, रगत आवश्यक परेका विरामीका लागि रगत उपलब्ध गराउदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्