सुनको मूल्यसँगै बढ्दो तस्करी

काठमाडौँ, २७ पौष । नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ ।

गत असोजदेखिको तथ्याङ्क हेर्दा त्रिभुवन विमानस्थलमा असोजमा दुई हजार ३७ ग्राम तस्करीको सुन पक्राउ परेको थियो । सो महिनामा सुनको मूल्य न्यूनतम ७१ हजार तीन सय रुपियाँदेखि अधिकतम ७१ हजार आठ सय रुपियाँ पुगेको थियो ।

त्रिभुवन विमानस्थल भन्सार विभागका प्रमुख राजकुमार अधिकारी नेपाली बजारमा मूल्य बढ्न थालेपछि तस्करी सुन बढी भित्रन खोज्ने प्रवृत्ति देखिएको बताउँछन् । विभिन्न मुलुकबाट नयाँनयाँ तरिका अपनाउँदै सुन तस्करी गर्नेहरूमा चिनियाँ र भारतीय नागरिकहरूको बढी संलग्नता रहने गरेको देखिएको उनको भनाइ छ ।

त्यस्तै वैदेशिक रोजगारीमा लामो समय बसेर स्वदेश फर्किने केही नेपालीलाई पनि तस्करहरूले भरियाका रूपमा प्रयोग गर्ने गरेको पाइएको प्रमुख अधिकारीले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा