सरकारी अस्पतालमा शैया पाउनै मुस्किल, बाध्यताले निजीमा

काठमाडौँ, २५ पौष । सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेको पाइएको छ । कतिपय अस्पतालमा शैया अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् ।

मुख्यतः र्आइसीयूमा शैयाको अभाव खड्किने गरेको छ । अस्पतालहरुले समेत बिरामीमैत्री वातावरण सिर्जना नगर्दा बिरामीहरु अलमलमा पर्दै निजी अस्पतालमा धाउन बाध्य हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर दुई सय २१ अस्पताल र १६ केन्द्रीय अस्पताल छन् ।

अहिले देशभरका सरकारी अस्पतालको शैयाको संख्या ६ हजार बढी रहेको छ । अस्पतालहरुले आफूले प्रदान गर्ने सेवाको शुल्कसम्बन्धी मापदण्ड निर्धारण गरेका छैनन् भने केन्द्रीय अस्पतालले शैया शुल्क समेत लिने गरेको पाइएको छ । केही अस्पतालमा शैया पाउन सोर्स समेत लगाउनुपर्ने बाध्यता छ । यो समाचार आजको राजधानी दैनिकमा  छापिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्