सरकारी अस्पतालमा शैया पाउनै मुस्किल, बाध्यताले निजीमा

काठमाडौँ, २५ पौष । सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेको पाइएको छ । कतिपय अस्पतालमा शैया अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् ।

मुख्यतः र्आइसीयूमा शैयाको अभाव खड्किने गरेको छ । अस्पतालहरुले समेत बिरामीमैत्री वातावरण सिर्जना नगर्दा बिरामीहरु अलमलमा पर्दै निजी अस्पतालमा धाउन बाध्य हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर दुई सय २१ अस्पताल र १६ केन्द्रीय अस्पताल छन् ।

अहिले देशभरका सरकारी अस्पतालको शैयाको संख्या ६ हजार बढी रहेको छ । अस्पतालहरुले आफूले प्रदान गर्ने सेवाको शुल्कसम्बन्धी मापदण्ड निर्धारण गरेका छैनन् भने केन्द्रीय अस्पतालले शैया शुल्क समेत लिने गरेको पाइएको छ । केही अस्पतालमा शैया पाउन सोर्स समेत लगाउनुपर्ने बाध्यता छ । यो समाचार आजको राजधानी दैनिकमा  छापिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित