ट्यांकरको भन्दा पनि खराब जारको पानी

काठमाडौँ, २४ पौष । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले विभिन्न समयमा गरेको अध्ययनबाट काठमाडौँमा ट्यांकरको पानीभन्दा जारको पानी असुरक्षित रहेको खुलेको छ ।

उक्त अध्ययनले ट्यांकरको पानीमा भन्दा जारको पानीमा धेरै कोलिफर्म ब्याक्टेरिया हुने गरेको देखाएको हो । गत वर्ष नास्टको वातावरण तथा मौसम अध्ययन प्रयोगशालाको लागि सुजन महर्जन, टिस्टा प्रसाईं जोशी, सुजनमान श्रेष्ठको टोलीले गरेको अध्ययनले यस्तो देखाएको हो ।

अध्ययनले सूक्ष्म जीववैज्ञानिक दृष्टिले हेर्दा काठमाडौं उपत्यकामा उपभोग हुने पानीको ६६ प्रतिशत प्रदूषित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नमुना संकलन गरिएको पानी मध्ये ९२ प्रतिशत जारको पानीमा, ७७ प्रतिशत ट्यांकरको पानीमा, ६९ प्रतिशत प्रशोधित पानी र २० प्रतिशत बोटलको पानीमा तोकिएको मापदण्डभन्दा धेरै क्लोरिर्फम भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित