ट्यांकरको भन्दा पनि खराब जारको पानी

काठमाडौँ, २४ पौष । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले विभिन्न समयमा गरेको अध्ययनबाट काठमाडौँमा ट्यांकरको पानीभन्दा जारको पानी असुरक्षित रहेको खुलेको छ ।

उक्त अध्ययनले ट्यांकरको पानीमा भन्दा जारको पानीमा धेरै कोलिफर्म ब्याक्टेरिया हुने गरेको देखाएको हो । गत वर्ष नास्टको वातावरण तथा मौसम अध्ययन प्रयोगशालाको लागि सुजन महर्जन, टिस्टा प्रसाईं जोशी, सुजनमान श्रेष्ठको टोलीले गरेको अध्ययनले यस्तो देखाएको हो ।

अध्ययनले सूक्ष्म जीववैज्ञानिक दृष्टिले हेर्दा काठमाडौं उपत्यकामा उपभोग हुने पानीको ६६ प्रतिशत प्रदूषित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नमुना संकलन गरिएको पानी मध्ये ९२ प्रतिशत जारको पानीमा, ७७ प्रतिशत ट्यांकरको पानीमा, ६९ प्रतिशत प्रशोधित पानी र २० प्रतिशत बोटलको पानीमा तोकिएको मापदण्डभन्दा धेरै क्लोरिर्फम भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्