घरजग्गामा महिलाको स्वामित्व १७ गुणाले बढ्यो

काठमाडौँ, १२ पौष । गत वर्ष ओखलढुंगाका शिक्षक दम्पती सरस्वती पौडेल र ध्रुव खत्रीले भक्तपुरको सिर्जनानगरमा चार आना घडेरी किने । जग्गाधनी पुर्जा भने सरस्वतीका नाममा दर्ता गराए । ‘नामसारीको दस्तुरमा छुट पाइने भएपछि हामी दुवैको सहमतिमा मेरो नाममा जग्गाधनी पुर्जा लियौं,’ पौडेलले भनिन्  ।

खत्री ओखलढुंगामा पढाउँछन्, पौडेल भोजपुरको विद्योदय माविमा । पत्नीका नाममा जग्गाधनी पुर्जा लिँदा दस्तुरमा छुटसँगै भविष्यका लागि सुरक्षा महसुस हुने उनले बताइन् । ‘गुजारा चलाउने पेसा त दुवैको छँदै छ । सम्पत्तिमा आफ्नो स्वामित्व हुँदा आत्मविश्वास झनै बढ्दो रहेछ,’ उनले भनिन् ।

महिला सशक्तीकरणमा टेवा पुर्‍याउन सरकारले महिलाका नाममा जग्गाधनी पुर्जा लिँदा रजिस्ट्रेसन शुल्क छुट दिन थालेपछि पौडेलजस्ता २४ लाख ७ हजार ५ सय ५६ महिला जग्गाको मालिक हुन पाएका छन् । आव ०६४/०६५ देखि ०७५/०७६ सम्मको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक हो यो ।

यो अवधिमा महिलाका नाममा जग्गाधनी पुर्जा लिनेको संख्या १७ गुणाले बढेको छ । आर्थिक विधेयकअनुसार सातै प्रदेशले महिलाका नाममा जग्गाधनी पुर्जा लिँदा २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् । एकल महिलालाई ३५ प्रतिशत छुट छ भने हिमाली जिल्लाका सदरमुकामबाहेकका स्थानीय तहमा ५० प्रतिशत छुट छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा