काठमाडौँ, ८ पौष । चर्चित गायक राजेश पायल राई र बैशाली लामाको स्वरमा भिजिट २०२०को गीत सार्वजनिक भएको छ ।
गायक राईको अफिसियल युटुयुब च्यानल मार्फत ‘वेलकम टु नेपाल’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो । स्वप्निल बरालको शब्द तथा बादल लिम्बुको संगित रहेको छ । सार्वजनिक गीतमा संस्कृति, पर्यटन तथा उडड्नमन्त्री योगेश भट्टराईलाई विशेष धन्यवाद समेत व्यक्त गरिएको छ ।
गायक राईले लेखेका छन्,‘आफ्नो देश नेपाललाई विश्व सामु चिनाउने, अनि आम विदेशी पर्यटकहरुको स्वागत गर्ने मौका दिनु भएकोमा सम्माननिय नागरिक उड्ययन एवं पर्यटन मन्त्री श्री योगेस भट्टराइ ज्यु प्रती आभार ब्यक्त गर्न चाहान्छु ।’





