पाल्पा, ७ पुस । पाल्पाबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
हाइस गाडी हुँदै बुटवलबाट पोखरातर्फ गइरहेका बाग्लुङ नगरपालिका- १० का १९ वर्षीय विवश मल्ललाई दोभान प्रहरीचौकी पाल्पाले तिनाउ गाउँपालिका- ३, दोभानबाट लागू औषधसहित पक्राऊ गरेको छ ।
पक्राऊ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





