भारतीय पक्ष पछि हट्यो

काठमाडौँ, ७ पौष । कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डानजिकै मोहना नदीमा भइरहेको तटबन्ध निर्माण कार्यमा अवरोध गरेको भारतीय पक्ष पछि हटेको छ । उसले नियोजित रूपमा तटबन्ध निर्माणमा अवरोध गर्ने मनसाय नरहेको बताएको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) कमान्डर इन्सपेक्टर राजा मुराद अलीले आगामी दिनमा तटबन्ध निर्माण कार्यमा अवरोध नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कुनै भौतिक पूर्वाधार निर्माण गर्दा दुई देशबीचको दसगजा क्षेत्र भने नमिच्न आग्रह गरेका छन् ।

स्थानीय जनप्रतिनिधि र दुई देशका सुरक्षा अधिकारीहरूले आइतबार विवादित सीमाक्षेत्रको संयुक्त निरीक्षण गरेर समस्या समाधानको पहल गरेका हुन् । उनीहरूले दसगजाबाट आ–आफ्नो भूभागमा गरिने नदी नियन्त्रणको काममा अवरोध नगर्ने सहमति जुटाएका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी मनोहरप्रसाद भट्टले तत्काल ‘गुगल म्याप’ का आधारमा सीमा समस्याको समाधान गरिएको बताए । उनले भविष्यमा दक्ष प्राविधिक टोलीद्वारा दीर्घकालीन रूपमा सीमा समस्याको समाधान गर्ने र तत्काल ‘गुगल म्याप’ कै आधारमा अघि बढ्ने सहमति भएको जानकारी दिए ।

‘अहिले अल्पकालीन रूपमा भए पनि समस्याको समाधान खोज्यौं । यसलाई दुवै देशले मान्ने सहमति भएको छ,’ उनले भने, ‘भोलिका दिनमा दीर्घकालीन रूपमा समस्याको समाधान माथिल्लो स्तरबाट हुने नै छ ।’

उनले हराएको भनिएको ७०५/३ (साविक १०८) नम्बरको सीमास्तम्भ ‘गुगल म्याप’ मा देखिएको बताए । उनले ‘गुगल म्याप’ का आधारमा सो सीमास्तम्भ हाल नदीको पानीभित्र अंकित भएको जानकारी दिए । दुई देशका सुरक्षा अधिकारीले पानीभित्र अंकित भएको सीमास्तम्भ ७०५/३ र मोहना नदीबाट नेपालतर्फ रहेको ७०५/२ (साविक १०७) का आधारमा दसगजा क्षेत्र छुट्याएका छन् । नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  इन्जिनियर दीपक कुमार साह र नेपालका लागि युरोपेली राजदूतबीच आज शिष्टाचार

काठमाडौँ, ८ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित

काठमाडौँ, ८ मंसिर । नेपाली बजारमा मंगलबार सुनको सामान्य मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको

बेइजिङ, ८ मंसिर । नेपालको विपद्‌पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ