ट्याक्टर पल्टिँदा सहचालकको मृत्यु, चालक सहित २ घाइते

पर्वत, ६ पौष ।  मोदी गाउँपालिका-६ थानामा ट्याक्टर पल्टिँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित २ जना घाइते भएका छन् ।

आइतबार बिहान पाटीचौरबाट गिज्यालतर्फ बिजुलीको पोल लिएर जाँदै गरेको ना ७ त ३६६८ नम्बरको ट्याक्टर ब्रेक फेल भएर सडकबाट करिब ३ सय मीटर तल खस्दा मोदी गाउँपालिका-२ का १८ वर्षीय दिपेन्द्र नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक बाग्लुङको जैमुनी नगरपालिका-२ का ३७ वर्षीय प्रकाश नेपाली र ट्याक्टरमा सवार जैमुनी नगरपालिका-९ का २९ वर्षीय तेजेन्द्र थापा घाइते भएका छन् ।

घाइते भएका दुवैको उपचारका लागि पोखरा स्थित मणीपाल शिक्षण अस्पताल पठाइएको छ । ट्याक्टरमा सवार २ जना भने हाम फालेको र उनीहरु सकुशल रहेको पर्वत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,