विद्यालयलाई कम्प्युटर सहयोग

झापा, ५ पौष । मेचे जातिको बसोबास रहेको झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित भानु आधारभूत विद्यालयलाई सञ्जीवनी महिला विकास संस्थाले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।

आज विद्यालयको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रममा विद्यालयलाई सो सहयोग हस्तान्तरण गरिएको हो । विसं २०२५ मा स्थापना भएको यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी र केही शिक्षक मेचे समुदायकै रहेका उक्त विद्यालयले जनाएको छ ।

संस्थाकी अध्यक्ष रेणुका डाँगीका अनुसार सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटको  प्राप्त रकमबाट विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरिएको हो । उनका अनुसार विद्यालयमा पहिलोपटक कम्प्युटर भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for