गुण्डू स्वास्थ्य चौकीमा एक हप्ते निःशुल्क स्वास्थ्य शिबिर

भक्तपुर, ५ पुस । भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डूमा एक हप्ते निःशुल्क दन्त शिबिर हुने भएको छ ।

पुस ७ गतेदेखि १३ गतेसम्म एक हप्ते निःशुल्क दन्त शिबिर हुन लागेको हो । सूर्यविनायक नगरपालिका वडा नं. गुण्डूको आयोजना तथा फारमिङ कम्युनिष्ट डेन्ट्रिस्ट्रको प्राविध सहयोगमा गुण्डू स्वास्थ्य चौकीमा बिहान १० बजेदेखि ४ बजेसम्म दन्त शिबिर हुन लागेको हो ।

शिबिरमा दाँत सफा गर्ने, दाँत भर्ने, चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको दाँतमा लेप लगाउने, निःशुल्क दाँतको औषधी वितरण र दाँत सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिबिरमा उपस्थित भइ दाँत सम्बन्धीको सेवा दिन वडाध्यक्ष सापकोटाले सबैलाई आग्रह गर्नुभयो । स्थानीयको सेवाका लागि वडा कार्यालयको पहलमा दन्त शिबिर राखिएको उहाँले बताउनुभयो । फारमिङ कम्युनिष्ट डेन्ट्रिस्ट्रका कार्यक्रम संयोजक गणेश कार्कीले निःशुल्क स्वास्थ्य शिबिरले धेरै भन्दा धेरै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित